Kathmandu Press

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार दिउँसो खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न बनेको थियो। 
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

काठमाडौं, फागुन १ : बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत थालिएको छ। 

नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार दिउँसो खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न बनेको थियो। 

काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। 

पानी बन्द भएपछि बुधबार राति बाटै ममर्त सुरु गरिउको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए। मर्मत सकिने वित्तिकै पानी वितरण सुरु गर्ने उनले बताए। 

पाइप फुटेपछि विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, फागुन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्