Kathmandu Press

पोखरामा आजदेखि फोहोर उठ्न थाल्यो

पोखरा महानगरपालिकासँग भएको सहमति बमोजिम पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने महानगरपालिकाले जानकारी दिएको छ। उक्त सहमति कार्यान्वयन गर्न महानगरपालिकाले १५ दिनको समय दिइएको छ।
पोखरामा आजदेखि फोहोर उठ्न थाल्यो

कास्की, फागुन १ : पोखरामा आजदेखि फोहोर उठ्न थालेको छ। 

पोखरा महानगरपालिकाको कार्यालय, वडा कार्यालय ३२ र लामेआहालस्थित स्थानीयवासीबीच बुधबार साँझ १४ बुँदे सहमति भएपछि आजदेखि पोखरामा फोहोर उठ्न थालेको हो।

पोखरा महानगरपालिकासँग भएको सहमति बमोजिम पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने महानगरपालिकाले जानकारी दिएको छ। उक्त सहमति कार्यान्वयन गर्न महानगरपालिकाले १५ दिनको समय दिइएको छ।

Hardik ivf

पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले १५ दिनभित्र महानगरले पूर्वसहमति कार्यान्वयन नगरे लामेआहालमा फेरि फोहोर फाल्न रोकिने बताए। यदि सहमति कार्यान्वयनमा भए अबको एकवर्षसम्म समय थप हुन सक्ने सरोकारवालाबीच छलफलमा सहमति जुटेको वडाध्यक्ष कार्कीले जानकारी दिए।

बुधबारको छलफलमा पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, महाशाखा प्रमुख बिमल रञ्जन कार्की, महानगर प्रवक्ता एवं वडा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, नेपाली काँग्रेसका दिवसमान प्रधानाङ्ग, सरोकारवाला टोलका अध्यक्षहरु सहभागी थिए।

पोखरा–३२ स्थित लामेआहालमा फोहोर बिसर्जन हुँदैआएकोमा स्थानीयले सम्झौता अवधि सकिएको भन्दै फोहोर बिसर्जन रोकेका छन् । महानगरबाट फोहोर संकलन गरेर त्यहाँ बिसर्जन गर्न गएका गाडीलाई उनीहरुले छेकेर राखेका थिए। 

दुई वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएसँगै पोखरा–१४, बाच्छिबुडुवाबाट ल्याण्डफिल साइट अस्थायीरुपमा पोखरा–३२, लामेआहाल सारिएको थियो।

शुरुमा ६ महिनाका लागि स्थानीयसँग १६ बुँदे सम्झौता गरिएकोमा म्याद सकिएपछि दोस्रोपल्ट १४ बुँदे सहमति भएको थियो। उक्त म्यादसमेत २३ माघदेखि सकिएको छ।

ल्याण्डफिल साइट प्रभावित स्थानीयले महानगरसँग पूर्व सहमति कार्यान्वयनमा जोड दिनुपर्ने अडान राख्दै आएका छन्। फोहोर फालेवापत् पोखरा ३२ वडा कार्यालयलाई बर्सेनि ५ करोड रुपैयाँ थप बजेट दिने पूर्व सहमति भए पनि २ वर्ष बितिसक्दा साढे ८ करोडमात्रै प्राप्त भएको बताइएको छ।

प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, फागुन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्