Kathmandu Press

रास्वपाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्दै

रास्वपाले फागुन महिनाभर सातै प्रदेशमा केन्द्रीय नेताहरूलाई खटाएर रास्वपाले संवाद गर्ने छ। यो संवादमा समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग भेटघाट र संवाद गरिने छ।
रास्वपाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्दै

काठमाडौं, फागुन १ : राष्ट्रिय स्वतन्त्र पार्टीको ‘सर्वाङ्गीण संवाद’ सुरु भएको छ। 

रास्वपाले फागुन महिनाभर सातै प्रदेशमा केन्द्रीय नेताहरूलाई खटाएर रास्वपाले संवाद गर्ने छ। यो संवादमा समाजका हरेक क्षेत्रका व्यक्तिहरुसँग भेटघाट र संवाद गरिने छ।

Hardik ivf

केन्द्रीय नेता हरेक प्रदेशमा पुगेर समाजका अगुवा, व्यवसायी, अभियन्ता, लेखक, विज्ञ, लगायतसँग संवाद गरिने छ । 

संवादका लागि गण्डकीको जिम्मेवारी शिशिर खनालले पाएका छन् भने संवादका लागि सुदूरपश्चिममा दिपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिनकुमार आचार्य, वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, मधेशमा विराजभक्त श्रेष्ठ र मनिष झा, कोशीमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ।

संवादबाट प्राप्त सल्लाह सुझावहरूलाई मूलधारको राजनीति निर्माणको लागि महत्त्वपूर्ण हुने अपेक्षा रास्वपाले राखेको छ।

प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, फागुन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्