Kathmandu Press

विश्वभर ३० लाख वढी कोरोना संक्रमित, २ लाख ११ हजारबढीको मृत्यु

काठमाडौँ, वैशाख १६ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट ३० लाख ६० हजार ६३१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६७ हजा....

विश्वभर ३० लाख वढी कोरोना संक्रमित, २ लाख ११ हजारबढीको मृत्यु

काठमाडौँ, वैशाख १६ : विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट ३० लाख ६० हजार ६३१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६७ हजार ३६९ जना नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये २ लाख ११ हजार २५३ जनाले ज्यान गुमाईसकेका छन् । सोमबार मात्रै कोरोनाबाट ४ हजार ३३८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ९ लाख २१ हजार ७८ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ ।

कोरोनाको महामारीको केन्द्र बनेको अमेरिकामा १० लाख ९ हजार २५९ जना संक्रमित भएका छन् । र, संक्रमितमध्ये ५६ हजार ६८६ को ज्यान गएको छ ।

प्रकाशित मिति: ०६:४२ बजे, मंगलबार, वैशाख १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्