Kathmandu Press

नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेशअमृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ। 
नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं, फागुन १ : काठमाडौंको नागढुंगाबाट सुनसहित दुई जना पक्राउ परेका छन्। 

प्रहरीले बिहीबार बिहान चेकजाँचका क्रममा नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेशअमृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ। 

काँकडभिट्टाबाट आउँदै गरेको बा.प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसबाट उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको हो। 
 
प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, फागुन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्