Kathmandu Press

जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई पालिकामा विदा

सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई पालिकामा विदा

जुम्ला, फागुन १ : जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले विदा दिएका छन्। 

सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णय अनुसार कार्यालय तथा मातहतका निकायहरूमा विदा दिइएको उल्लेख गरिएको छ।

त्यस्तै, तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पनि जनयुद्ध दिवसको अवसरमा पालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको पुष्टि गरेका छन्।

जनयुद्ध दिवसलाई विभिन्न कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ । यो दिवस नेपालमा जनयुद्धको सुरूवातको सम्झनामा मनाइँदै आएको छ।

विशेष गरी नेकपा माओवादी पृष्ठभूमिका स्थानीय तहहरूले यस दिन सार्वजनिक विदा दिने गरेका छन्। यस वर्ष जनयुद्ध दिवसका अवसरमा अन्य पालिकाहरूले भने विदाको निर्णय गरेका छैनन्।
 

प्रकाशित मिति: १०:५६ बजे, बिहीबार, फागुन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्