Kathmandu Press

टाइप-२ मधुमेहको मुख्य कारण मोटोपन

बन्दाबन्दी छ। सामाजिक सञ्जाल विभिन्न परिकारका तस्वीरले भरिएको देखिन्छ। मो:मोदेखि केकसम्म सबै परिकारको आनन्द लिइरहेका छौं। 

खाना बाँच्ने आधार हो। तर परिक....

टाइप-२ मधुमेहको मुख्य कारण मोटोपन
एजेन्सी

बन्दाबन्दी छ। सामाजिक सञ्जाल विभिन्न परिकारका तस्वीरले भरिएको देखिन्छ। मो:मोदेखि केकसम्म सबै परिकारको आनन्द लिइरहेका छौं। 

खाना बाँच्ने आधार हो। तर परिकारको आनन्दसँग शरीरमा जम्मा भएका क्यालोरी घटाउनु पनि उत्तिकै महत्वपूर्ण छ। अनावश्यक तौल बढाए स्वास्थ्यमा विभिन्न समस्या आउनसक्छन्।

Hardik ivf

डायबिटोलोजिया जर्नलमा हालै प्रकाशित एउटा अध्ययन प्रतिवेदन अनुसार मोटोपन भएका व्यक्तिलाई टाइप २ मधुमेह हुने ६ गुणा बढी जोखिम हुन्छ। यसमा वंशाणुगत कारण गौण हुन्छ।

अनुसन्धाताले मोटोपन, वंशाणुगत आधार र जीवनशैलीले टाइप २ मधुमेहमा पार्ने प्रभावबारे अध्ययन गरेका थिए। अध्ययनमा करिब दश हजार सहभागी थिए। सहभागीको औसत आयु ५६.१ वर्ष थियो। तीमध्ये ४९.६ प्रतिशत महिला थिए।

समग्रमा २१.८ प्रतिशत सहभागी मोटो, ४३ प्रतिशत बढी तौल भएको र ३५.२ प्रतिशत सामान्य तौल भएको समूहमा वर्गीकरण गरिएको छ। सहभागीमध्ये ४० प्रतिशत अनुकूल, ३४.६ प्रतिशत मध्यम र २५.४ प्रतिशत सहभागीले प्रतिकूल जीवनशैली अपनाइएको पाइएको छ।

जीवनशैली मापन गर्दा धुमपान, मद्यपान, शारीरिक गतिविधि र आहारलाई पनि ध्यान दिइएको छ। सामान्य शारीरिक तौल भएका व्यक्तिको तुलनामा मोटोपन भएका व्यक्तिलाई टाइप २ मधुमेह हुने जोखिम ६ गुणा बढी हुन्छ। बढी तौल भएका व्यक्तिलाई २.४ गुणा जोखिम हुन्छ।

अस्वस्थकर जीवनशैली भएका व्यक्तिलाई स्वस्थ जीवनशैली भएकाभन्दा १८ प्रतिशत बढी जोखिम हुने अध्ययनमा देखिएको छ।

अनुसन्धाता भन्छन्,“मोटोपनले टाइप २ मधुमेहमा ठूलो प्रभाव पार्ने हामीले पाएका छौं। त्यसैले यसको रोकथामका लागि तौल व्यवस्थापन महत्वपूर्ण छ। त्यसैलै शारीरिक गतिविधिमा सक्रिय हुनुहोस्।”
 

प्रकाशित मिति: ०६:३३ बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्