Kathmandu Press

कांग्रेसको प्रशिक्षण र अनुसन्धानमा दुईजना निर्देशक नियुक्त 

कांग्रेसको प्रशिक्षण र अनुसन्धानमा दुईजना निर्देशक नियुक्त 

काठमाडौं, माघ ३० : नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुईजना निर्देशक नियुक्त भएका छन् । 

प्रतिष्ठान प्रमुख रहेका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिष्ठानमा निर्देशक नियुक्त गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिष्ठानको निर्देशक (प्रशिक्षणतर्फ) कास्कीका डा.कृष्णप्रसाद पौडेल र निर्देशक (अनुसन्धानतर्फ) चितवनका डा. सञ्जय महतो थारूलाई नियुक्त गरिएको हो । 

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रमुख खड्काले निर्देशक नियुक्त गरिएको जनाइएको छ । 

 

प्रकाशित मिति: १९:५१ बजे, बुधबार, माघ ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्