स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते [अपडेट]
काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।![स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते [अपडेट]](https://kathmandupress.com/uploads/posts/bus-accident-1739368891.jpg)
काठमाडौं, माघ ३० : काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ।
चावाहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो। दुर्घटनाको अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अहिले पनि उद्धार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:४८ बजे, बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












