संवैधानिक अंगका ५२ पदाधिकारीको सुनुवाइ अघि बढ्यो, मुद्दा ‘हेर्दाहैर्दै’मा
बुधबार रिट निवेदक ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले वहशको प्रारम्भ गरेका थिए।
काठमाडौं, माघ ३० : संवैधानिक अंगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध दायर भएको रिटमा सुनुवाइ अघि बढेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ अघि बढेको हो ।
बुधबार रिट निवेदक ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले वहशको प्रारम्भ गरेका थिए।
अर्को सुनुवाइ आगामी २१ फागुनका लागि तय भएको छ।
प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी भएका थिए।
संसदीय सुनुवाइविनै भएका ति नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा एक दर्जन रिट विचाराधीन अवस्थामा छ।
रिटमाथि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा सुनुवाइ अगाडि बढेको छ।
संवैधानिक इजलासले विवादको चाँडो निरुपणका लागि कानुनव्यवसायलाई समय सिमा तोकेर बसह गर्न आदेश दिएको छ ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

