पिकनिक गएर फर्किएको स्कुल बस काठमाडौंको शंखरापुरमा दुर्घटना

काठमाडौं, माघ ३० : काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटना भएको छ ।
शंकरापुर नगरपालिका–५ स्थित कात्तिकेबाट साँखुतर्फ जाँदै गरेको स्कुल बस बुधबार अपराह्न दुर्घटनामा परेको हो।
चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो। बस विद्यार्थीले भरिएको थियो।
दुर्घटनास्थल पुगेर अहिले प्रहरी र स्थानियबाट उद्धारको काम भइरहेको छ । दुर्घटनामा मृत्यु भएको हुनसक्ने आशंका समेत छ । बस सडकको डिलबाट तल खसेको थियो।
प्रकाशित मिति: १८:५७ बजे, बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












