Kathmandu Press

नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छः उपप्रधानमन्त्री सिंह

नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छः उपप्रधानमन्त्री सिंह

ललितपुर, माघ ३०ः उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल शिक्षाको अब्बल गन्तव्य बन्दै गएको बताएका छन्। उनले नेपालमै विद्यार्थीहरुले उच्चशिक्षामा आएको अवसरलाई अधिकतम उपयोग गर्नुपर्ने पनि बताए।

नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईद्वारा बुधबार यहाँ आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण तथा बृहत साँस्कृतिक कार्यक्रममा मन्तव्य राख्नु हुँदै उपप्रधानमन्त्री सिंहले नेपालमै रहेर यहाँका विद्यालय, क्याम्पस र विश्वविद्यालयमा अध्ययन गरेर आफ्नो जीवनको लक्ष्य हासिल गर्न आग्रह पनि गरे।

Hardik ivf

उनले भने, ‘हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईंहरुले अधिकतम् उपयोग गर्नुपर्छ।’

उपप्रधानमन्त्री सिंहले पाटन संयुक्त क्याम्पसको पूर्वाधार विकासमा गर्नुपर्ने काम यस क्याम्पसका प्रमुख र विद्यार्थीका प्रतिनिधिहरुसंग छलफल र समन्वय गरेर बजेट व्यवस्थापन गरेर समाधान गर्ने प्रतिबद्धता जनाए।

उपप्रधानमन्त्री सिंहले नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईका विद्यार्थीहरुले खाजा खर्चबाट जोगाएर पुस्तकालय पुनःनिर्माण गरेको पुस्तकालय उद्घाटन गरि क्याम्पसलाई हस्तान्तरण गरे। वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रंगरोगनका साथै साझसज्जा गरेर विद्यार्थीहरुलाई अध्ययनका लागि तयार पारेको हो।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, क्याम्पस प्रमुख डा. रघुविर विष्ट, नेविसंघ केन्द्रीय अध्यक्ष डुजाङ शेर्पालगायतले मन्तव्य राखे। क्याम्पस ईकाई अध्यक्ष तारा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार विमलराज क्षेत्री, सन्दिप क्षेत्रीलगायतले प्रस्तुती दिए।

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, माघ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्