Kathmandu Press

सडक निर्माणको ढिलाईको विरोधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

स्थानीयले सप्तरीको कल्याणपुरमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।  उनीहरुले ५ वर्षसम्म सडक निर्माणमा ढिलाई हुँदा अत्यधिक धुलोले स्वास्थ्यमा गम्भीर असर परेका दबाब दिन राजमार्ग बन्द गर्नुपरहेको बताएका छन्। 
सडक निर्माणको ढिलाईको विरोधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं, माघ ३० : स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। सडक निर्माणमा भएको ढिलाईको विरोधमा स्थानीयले सप्तरीको कल्याणपुर सडक खण्ड अवरुद्ध गरको हुन्। 

स्थानीयले सप्तरीको कल्याणपुरमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।  उनीहरुले ५ वर्षसम्म सडक निर्माणमा ढिलाई हुँदा अत्यधिक धुलोले स्वास्थ्यमा गम्भीर असर परेका दबाब दिन राजमार्ग बन्द गर्नुपरहेको बताएका छन्। 

Hardik ivf

स्थानीयले साढे ८ बजेबाट टायर बालेर सडक अवरुद्ध गरेका छन्। 

धुलो अत्याधिक भएपछि सडक चाँडो गर्न या धुलो हुन नदिन दैनिक पानी हाल्न आग्रह गरेका छन्। पटक पटक दबाब दिँदा पनि सडक निर्माण आयोजना र नगरपालिकाले वेवास्ता गरेको गुनासो स्थानीयले गरेका छन्।

प्रकाशित मिति: ०८:५२ बजे, बुधबार, माघ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्