Kathmandu Press

भ्रमण वर्ष घोषणाको मुखमा पोखरामा सर्वत्र फोहोरको थुप्रो

त्यसैले विगत पाँच दिनदेखि पोखराका सडक, गल्ली , घर–चोकमा फोहोरका थुप्रोहरू थुप्रिएका छन् ।
भ्रमण वर्ष घोषणाको मुखमा पोखरामा सर्वत्र फोहोरको थुप्रो

पोखरा, माघ २९ : पर्यटकीय राजधानी पोखरालाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न चार दिन बाँकी छ ।

तर महानगरका जनप्रतिनिधिहरुको अदुरदर्शी नेतृत्वकाकारण यति बेला पोखराका घर , चोक, गल्लीहरुमा फोहोरको थुप्रो देखिएका छन् ।

६ महिनाको लागि भन्दै पोखरा बाच्छेबुडुवाबाट पोखरा ३० लामेआहालमा सारिएको ल्याण्डफिल साइट साढे दुई वर्षदेखि उतै छ । मेयर धनराज आचार्यले ‘टिकट काटेर हेर्न लायक गन्तव्य’ बनाउने भनेका फोहोर प्रशोधन केन्द्र अहिलेसम्म निर्माण भएको छैन ।

Hardik ivf

लामे आहालमा फोहोर फाल्ने दोस्रो सम्झौता माघ २३ देखि सकिएको छ । दोश्रो पटक गरिएको सम्झौता सकिंदा पनि पोखरा महानगरले ल्याण्डफिल साइट अन्यत्र सारे तर्फ ध्यान नदिए पछि लामे आहालमा फोहोर फाल्न स्थानीय बासिन्दाहरुले रोकिदिएका छन् ।

त्यसैले विगत पाँच दिनदेखि पोखराका सडक, गल्ली , घर–चोकमा फोहोरका थुप्रोहरू थुप्रिएका छन् ।

पोखरा ३३ पुँडीटारको झाँक्रीखोलामा प्रशोधन केन्द्र निर्माण गर्ने गरी महानगरले तयारी थालेको थियो।

तर स्थानीय जग्गाधनीले मालपोत र चलनचल्तीको भाउ भन्दा बढी मूल्य गरेपछि महानगर पछि हटेको पोखरा महानगरपालिकाको कार्यालयका प्रबक्ता कृष्ण प्रसाद तिवारीले जानकारी दिए । त्यहाँका १७ जना जग्गाधनीको ९३ रोपनी जग्गा अधिग्रहणको लागि रोक्का राखिएको छ ।

भाउ नमिलेपछि अधिग्रहण हुन नसकेको हो । २०८० मंसिर १७ गते बसेको सार्वजनिक निजी साझेदारी समितिको बैठकबाट टेरासल्व रिन्यूयवललाई प्रशोधन केन्द्र सञ्चालन गर्ने गरी छनोट गरिएको थियो । २ वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि उद्घाटन अघि बाच्छेबुडुवाको ल्याण्डफिल साइट लामे आहाल सारिएको हो ।

पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ । ती फोहोर ल्याण्डफिल साइट पु¥याउन ८ वटा कम्पनीलाई जिम्मा दिइएको छ । उनीहरूले दैनिक तालिका बनाएर फोहोर संकलन गर्छन् । उनीहरूलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको हो।

(नेपाल न्युज बैंक)

प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, माघ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्