Kathmandu Press

जसपाले ‘भूमिसम्बन्धी अध्यादेश’ को विपक्षमा मतदान गर्ने

जनता समाजवादी पार्टी, नेपालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ प्रति असन्तुष्टि व्यक्त अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
जसपाले ‘भूमिसम्बन्धी अध्यादेश’ को विपक्षमा मतदान गर्ने

काठमाडौं, माघ २९ : जनता समाजवादी पार्टी, नेपालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ प्रति असन्तुष्टि व्यक्त अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले सो अध्यादेश दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हित विपरीत रहेको जनाउँदै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

तर सो पार्टीले अतिरिक्त अन्य पाँच वटा अध्यादेशलाई भने समर्थन गर्न र पक्षमा मतदान गर्न सकिने निर्णय गरेको छ ।

सरकारले ६ वटा अध्यादेश जारी गरी अनुमोदनका लागि प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा दर्ता गराएको छ । सरकारले जारी गरेको अध्यादेशमध्ये ‘भूमिसम्बन्धी अध्यादेश’ विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमाक्षेत्रसमेत नतोकी बिक्री वितरण गर्ने वा बाँड्न ल्याइएको जसपाको भनाइ छ ।

पार्टीले अध्यक्ष उपेन्द्र यादवले उक्त अध्यादेशले घरजग्गा व्यवसाय, अव्यवस्थित बसोबास, जग्गा विकास गरी घडेरी वा त्यस्तो घरेडीमा घर निर्माण गरी बिक्री वितरण गर्ने भनि सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनारको जग्गा, वन, राष्ट्रिय निकुञ्ज तथा आरक्षणको जग्गा, गौचर हाट, हाटघाट वा बजारको जग्गा, सडक छेउको जग्गा, वन क्षेत्र वा मध्यवर्ती क्षेत्र जनिएको जग्गा, बुट्यान क्षेत्र जनिएको जग्गाका साथै राष्ट्रिय वनजङ्गल अतिक्रमण हुनसक्ने सम्भावना रहेको बताए।  

जसपाले भनेको छ –चुरिया क्षेत्रमासमेत यसबाट गम्भीर असरपर्न जानेछ, जसबाट तराई/मधेश मरूभूमिकरणमा परिणत हुनेछ, यो अध्यादेश पारित भएको खण्डमा केही भ्रष्टाचारी, कमिशन खोर, विचौलिया दलाल, सरकार नजिक रहेका व्यक्ति, भू–माफिया र ठूला रियल स्टेट व्यापारीका साथै आवास कम्पनीलाई नै अत्याधिक लाभ हुनेछ।

प्रकाशित मिति: २०:०५ बजे, मंगलबार, माघ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्