भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाऔं: जनार्दन शर्मा
नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले विगतमा भएका ठूला ठूला भ्रष्टाचारको छानबिन गर्नका लागि शक्तिशाली आयोग बनाउन माग गरेका छन्।
काठमाडौं, माघ २९: नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले विगतमा भएका ठूला ठूला भ्रष्टाचारको छानबिन गर्नका लागि शक्तिशाली आयोग बनाउन माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले विगतका सबै अनियमितता र भ्रष्टाचारको छानबिनका लागि सबै तयार हुनुपर्ने बताए।
सांसद शर्माले वैदेशिक रोजगारीमा रहेका र विप्रेषण पठाएर देशलाई सहयोग गर्नेको समस्या समाधानका लागि सरकारले विशेष सम्बोधन गर्नुपर्ने उल्लेख गरे।
मुलुकभित्रै रोजगारी सिर्जना गर्नेतर्फ कोही कसैको सोच नभएको स्पष्ट पार्दै उनले बाँझो जमिनलाई हराभरा बनाउने अभियान सञ्चालन गर्नुपर्ने र सोही दिशामा बहस हुनुपर्ने तर्क गरे।
राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म पनि पूरा नहुने अवस्थाको अन्त्यका लागि संसद्भित्र बहस हुनुपर्ने भए पनि अन्य विषयमा केन्द्रीत रहेको उनको भनाइ छ।
संघीयता कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा भइरहेको ढिलाइप्रति पनि उनले प्रश्न उठाए। सांसद शर्माले शान्ति प्रक्रियाको काममा भइरहेको ढिलाइप्रति पनि आपत्ति प्रकट गरे।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

