Kathmandu Press

बालेन साहबाट गरिब जनतालाई दुख दिने काम भयो: सांसद सिंह

स्वतन्त्र सांसद अमरेश कुमार सिंह ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट कुनै विकल्प नदिईकन गरिब बसेको ठाँउ हटाउने गलत काम भएको बताएका छन्।
बालेन साहबाट गरिब जनतालाई दुख दिने काम भयो: सांसद सिंह

काठमाडौं, माघ २९ : स्वतन्त्र सांसद अमरेश कुमार सिंह ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट कुनै विकल्प नदिईकन गरिब बसेको ठाँउ हटाउने गलत काम भएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुख दिने काम सही नभएको बताए ।

Hardik ivf

उनले भने, ‘राज्यको आवश्यकता कमजोरलाई संरक्षण गर्नको लागि पर्छ । बलियो मानिसको लागि राज्य आवश्यक हुदैँन् । लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भए भनेर भन्न खोज्या हो । उहाँलाई विकास गर्नु छ भए पार्क बनाए हुन्छ तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरुलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिईकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन् ।’

यस्तै, उनले शहर कुरुप बनाउने गरिब जनताले नभई यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताए ।

प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, माघ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्