Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै उनको परिवारले दिएको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले ‘अन्य आदेश’ गर्दै थुनामुक्त गर्न अस्विकार गरेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, माघ २९ः सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा तल्लो अदालतको आदेश अनुरुप थुनामा रहेका पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न अस्विकार गरेको छ।

पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै उनको परिवारले दिएको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले ‘अन्य आदेश’ गर्दै थुनामुक्त गर्न अस्विकार गरेको हो। 

थुनामुक्तिको मागसहित पाण्डेकी पत्नी मन्जु पाण्डेले रिट दिएकी थिइन्। गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पाण्डेकी पत्नीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

नक्कली शरणार्थी प्रकरणमा यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो। 

अभियुक्तमध्ये बालकृष्ण खाँण उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर छुटेका छन्। अन्य अभियुक्त भने अहिलेसम्म थुनामै छन्।

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, माघ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्