भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपाको निर्णय

काठमाडौं, माघ २९ः जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको हो। अध्यादेशबारे अध्ययन गर्न राजकिशोर यादवको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमै अध्यादेश स्वीकार्न नसक्ने भनिएको थियो।
सरकारले भूमिसहित ६ वटा अध्यादेश सदनमा पेस गरेको छ। जसपाको बैठकले त्यसैलाई आधार मानेर स्विकार नगर्ने निर्णय लिएको छ।
प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












