Kathmandu Press

प्रमुख प्रतिपक्षीका कुराले अन्योलता सिर्जना भयो, बैठक नियम अनुसर चल्नुपर्छ : बर्तौला

उनले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले उठाएको कुराले अन्यौलता सिर्जना भएको भन्दै बैठक संसदको नियम अनुसार चल्नुपर्ने माग गरे ।
प्रमुख प्रतिपक्षीका कुराले अन्योलता सिर्जना भयो, बैठक नियम अनुसर चल्नुपर्छ : बर्तौला

काठमाडौं, माघ २९ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादी केन्द्रका प्रमुख सचेतकले उठाएको कुरामा आपत्ति जनाएका छन्।
 
मंगलबार प्रतिनिधि सभाको बैठकमा समयको माग गर्दै उनले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले उठाएको कुराले अन्यौलता सिर्जना भएको भन्दै बैठक संसदको नियम अनुसार चल्नुपर्ने माग गरे ।

‘भर्खरै प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकले जे विषय यहाँ राख्नु भयो यसले केही ध्यानाकर्षण गरायो। बैठक संसदको नियम अनुसार चल्छ, तलबाट के लाग्यो त्यसको आधारमा बैठक चल्दैँन् । साथीहरुले ख्याल पु¥याउनु पर्यो । उहाँले राख्नु भएको कुरा कार्यसूचीमा के रहने के नरहने भन्ने सन्दर्भ र कार्य व्यवस्थाको कुरा पनि राख्नुभयो,’ उनले भने, ‘कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर बनाएको छ र त्यो सबैको हात हातमा छ । सम्भावित कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समिति बैठकले निर्णय गरेको छ । त्यसकारण अहिले भर्खर जे कुरा आयो त्यसले अन्यौलता सिर्जना भयो। बैठक संसदको नियम अनुसार चल्न माग गर्न चाहन्छु।’

Hardik ivf

प्रमुख सचेतक बर्तौलालेसंसदको नियमावलीको नियम १२ ले सभामुखको निर्देशन अनुसार कार्यसूची तलमाथि हुनसक्ने व्यवस्था गरेको भन्दै सोही अनुसार काम भएको बताए।

त्यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका थिए।

उनले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका थिए।

 

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, माघ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्