Kathmandu Press

रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन

रविसहित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रणमा जोडिएकालाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै सरकारले उच्च अदालतमा निवेदन दर्ता गराएको हो।
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन

काठमाडौं, माघ २९ : सहरकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ।

रविसहित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रणमा जोडिएकालाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै सरकारले उच्च अदालतमा निवेदन दर्ता गराएको हो।

जिल्ला अदालतको आदेश बदर गर्दै रविसहितका व्यक्तिलाई थुनामै राख्न माग जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौंले गरेको छ।

माघ २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका छन् ।

प्रकाशित मिति: १३:५० बजे, मंगलबार, माघ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्