Kathmandu Press

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं, माघ २९ः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ।

‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्‍याप छ। गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ। कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर रहेको छ।

Hardik ivf

बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो। ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीतको संज्ञा दिएको छ। यो गीतले चलचित्रको हाइप थप बढाएको छ।

चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा’ बोलको गीत सार्वजनिक गरेको थियो।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ। ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ रहेका छन् भने यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्।

फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो।

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, माघ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्