Kathmandu Press

महँगी बढे अनुसार सरकारले कर्मचारीको तलब भत्ता उपलब्ध गराउनुपर्छ : मुख्यमन्त्री सिंह

अवसरमा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कर्मचारीको तलब भत्ता बृद्धि गर्नुपर्ने बताए।
महँगी बढे अनुसार सरकारले कर्मचारीको तलब भत्ता उपलब्ध गराउनुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुर, माघ २८ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंले महगी बढे अनुसार सरकारले कर्मचारीहरुको तलब भत्ता बढाउनुपर्ने धारणा राखेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कर्मचारीको तलब भत्ता बृद्धि गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

उनले सरकारी कर्मचारीले अहिले पाउने तलबले आफ्नो छोराछोरीको पढाई, घरपरिवारको स्वास्थ्य, खाना, लत्ता कपडा लगायतको खर्च धान्न नसक्ने रहेका कारण भ्रष्टाचार बढ्दै गएको बताए । कर्मचारीलाई खान लाउन र घरपरिवार चलाउन धौ धौ हुँदा भ्रष्टाचार गर्ने बाटो अपाउनु परेहको मुख्यमन्त्री सिंहले जनाए।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन फितलो भएकाले मुलुकमा भ्रष्टाचार बढेको बताए।

उनले परिवारबाद, कृपावाद र चाकरी प्रथाले योग्य कर्मचारीको ठाउँमा भ्रष्ट कर्मचारीहरुले कार्यालय कब्जा गरेको भन्दै सरकारले गम्भीर भएर यस्ता समस्याको समाधान कानुन बनाएर समाधान गर्नुपर्ने धारणा राखे।
 
सभामुख मण्डलले भ्रष्टाचारको जर परिवारमुखी शिक्षा रहेको उल्लेख गरे । उनेल परिवारका अभिभावकको दबाबमा शिक्षा आर्जन गर्नुको साटो राष्ट्रमुखी शिक्षाको धारणा लिएर अघि बढ्न सुझाव दिए।

 

प्रकाशित मिति: २०:१५ बजे, सोमबार, माघ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्