Kathmandu Press

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित भएको छ।
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित

काठमाडौं, माघ २८ः राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित भएको छ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सर्वसहमतिले विधेयक पारित गरेको हो। राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे। अध्यक्ष दाहालले राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बस्नेगरी स्थगित भएको घोषणा पनि गरेका छन्।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, माघ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्