Kathmandu Press

केपी ओली रहँदासम्म कम्युनिष्ट एकता सम्भव छैन: प्रचण्ड

केपी ओली रहँदासम्म कम्युनिष्ट एकता सम्भव छैन: प्रचण्ड
फाइल तस्बिर

जनकपुर, माघ २८ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा वामपन्थी एकता सम्भव नभएको बताएका छन्।

जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन।’

Hardik ivf

प्रचण्डले तत्काल सरकार बनाउनेतर्फ आफ्नो दलको ध्यान नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेससँग पनि सहकार्यको सम्भावना नरहेको बताए।

उनले भने, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन। हामी जनतामा जाने, जनचेतना अभिवृद्धि गर्ने, पार्टीलाई नयाँ ढंगले विस्तार गर्दै सुदृढ बनाउने अभियानमा छौं। यो हाम्रो लागि मात्र होइन, देशकै लागि आवश्यक छ। उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका साथै मधेशी जनताका लागि झन् बढी जरुरी छ।’

उनले एमाले वा कांग्रेससँग पटक–पटकको सहकार्यले आफ्नै पार्टीको राजनीतिक संस्कृति प्रभावित भएको स्वीकार गर्दै भने, ‘हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा अलिअलि उनीहरूको संस्कृति आत्मसात् गरेजस्तो भएको छ। अब हामी फेरि आत्मसुधार गरेर जनतासँग जानेछौं। अहिले हाम्रो प्राथमिकता सरकार होइन।’

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, माघ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्