Kathmandu Press

बालेनलाई सांसद सिंहको चुनौतीः हिम्मत भए संसद भवन भत्काएर देखाउ

‘म बालेनलाई चुनौती दिन चाहन्छु। हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाउ।'
बालेनलाई सांसद सिंहको चुनौतीः हिम्मत भए संसद भवन भत्काएर देखाउ
फाइल तस्बिर

काठमाडौं, माघ २८ः स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद भवनदेखि शीतलनिवास भत्काएर देखाउन चुनौती दिए।

उनले बालेनलाई च्यालेन्ज गर्दै भने, ‘म बालेनलाई चुनौती दिन चाहन्छु। हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाउ। यो काठमाडौंको मेयरको नाजीवादी शैली चल्दैन। यो कानून र न्याय नभएको देश हो। त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ? मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको?’

प्रकाशित मिति: १५:४२ बजे, सोमबार, माघ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्