हात्ती आतंकबाट नागरिक सुरक्षित राख्न सांसद प्रसाईंले गराइन् सरकारको ध्यानाकर्षण
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईंले झापाका जनता हात्ती आतंकबाट जिउधन रक्षाका लागि याचना गरिरहेको जानकारी गराइन् ।
काठमाडौं, माघ २८ : नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले झापामा हात्ती आतंकबाट नागरिकलाई सुरक्षित राख्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईंले झापाका जनता हात्ती आतंकबाट जिउधन रक्षाका लागि याचना गरिरहेको जानकारी गराइन् ।
उनले भनिन्, ‘झापा जिल्लाका वडावडामा यतिबेला हात्ती आतंक छ । बुद्धशान्ति नगरपालिकामा त घरघरमा आक्रमण गरेर घरभित्र राखेका धानको बोरा फालिदिएको छ । हात्तीबाट असुरक्षित हुँदा मर्निङवाकमा समेत निस्किन सकेका छैनन् । जनताले राखेको ढुकुटीको धनसमेत सुरक्षित भएन ।’
उनले जनताको धनजनको संरक्षणका लागि शान्ति सुरक्षा गर्न सरकारसँग माग गरिन् ।
प्रकाशित मिति: १५:०८ बजे, सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












