Kathmandu Press

लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, वैशाख १५ : गृह मन्त्रालयले लकडाउनलाई थप कडा पार्न मातहतका निकायलाई निर्देशन दिएको छ।  

मन्त्रालयले सोमबार सबै जिल्ला प्र....

लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयको निर्देशन
फाइल

काठमाडौं, वैशाख १५ : गृह मन्त्रालयले लकडाउनलाई थप कडा पार्न मातहतका निकायलाई निर्देशन दिएको छ।  

मन्त्रालयले सोमबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका कुनै पनि सवारीसाधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

बीचबाटामा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ। त्यसैले मन्त्रालयले सोमबारदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो। 

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। सरकारले आइतबारमात्रै लकडाउनलाई वैशाख २५ गतेसम्मका लम्ब्याएको छ।

प्रकाशित मिति: १६:३६ बजे, सोमबार, वैशाख १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्