Kathmandu Press

प्रत्यक्ष सरोकार जोडिने सरकारी कार्यालयमा सेवा प्रभावकारी भएन : प्रमुख आयुक्त राई 

उनले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपाय अवलम्वन गर्न आवश्यक रहेको बताए । सोमबार अख्तियारको ३४ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रमुख राईले उक्त भनाई राखेका हुन् ।
प्रत्यक्ष सरोकार जोडिने सरकारी कार्यालयमा सेवा प्रभावकारी भएन : प्रमुख आयुक्त राई 

काठमाडौं, माघ २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकको प्रत्यक्ष सरोकार जोडिने सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी नभएको बताएका छन् । उनले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपाय अवलम्वन गर्न आवश्यक रहेको बताए । 

सोमबार अख्तियारको ३४ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रमुख राईले उक्त भनाई राखेका हुन् । राईले सूचना प्रविधिको उपयोगको विस्तार गरी सार्वजनिक सेवा प्रवाहलाई अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउने नेपाल सरकारको प्रयास रहेको सन्दर्भ उल्लेख गर्दै यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमन लगायतका संघीय कार्यालयहरूको सेवा प्रवाह अपेक्षाअनुरुप प्रभावकारी हुन नसकेको बताए ।

यस्तै, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा झन् जटिल र खर्चिलो हुन भएको पनि बताए । अख्तियारमा परेका उजुरीहरूबाट सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा आवश्यकता र औचित्यको पहिचान नगरी बजेट विनियोजन गर्ने, कार्यक्रम नै सम्पन्न नगरी भुक्तानी दिने, अनुदानको दुरुपयोग गर्ने, नागरिक बडापत्रको पालना नगर्ने, खरिद योजनाबिना नै ठेक्का लगाउने, मिलेमतोमा आयोजना छनोट गर्ने, सेवा प्रवाहमा बिचौलियाको प्रवेश हुने, सेवा प्रवाहलाई अवरुद्ध गराएर मिलेमतोमा अनियमितता गर्नेजस्ता प्रवृत्ति देखिएको भनाई समेत उनले राखे । 

नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरू अवलम्वन गर्न पनि प्रमुख आयुक्त राईले सुझाए । 

प्रकाशित मिति: १५:०५ बजे, सोमबार, माघ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्