Kathmandu Press

पार्टीको महाधिवेशन २०८४ को आम निर्वाचनअघि नै हुन्छ : महामन्त्री थापा 

थापाले भने, ‘तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ । विधानले एक वर्ष समय थप गर्न सक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपी महाधिवेन गरिनेछ ।’
पार्टीको महाधिवेशन २०८४ को आम निर्वाचनअघि नै हुन्छ : महामन्त्री थापा 

चितवन, माघ २८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने भनाई राखेका छन् । 

सोमबार चितवन पुगेका महामन्त्री थापाले पत्रकारसँग कुराकानी गर्दै कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए । थापाले भने, ‘तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ । विधानले एक वर्ष समय थप गर्न सक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपी महाधिवेन गरिनेछ ।’

थापाले नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर–पुसमा चार वर्षको कार्यकाल सकिने बताए । पार्टीको सदस्यता वितरण लगायत बिषय हेर्दा ठ्याक्कै यही तिथिमितिभित्र भ्याउने भनेर सम्पूर्ण रुपमा दाबी गर्ने अवस्था नरहेको उनले बताए । ‘एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ,’ उनले भने । 

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि गर्दा पार्टीका लागि हितकर हुने भनाई महामन्त्री थापाको छ । महामन्त्री थापाले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुने दाबी समेत गरे । अध्यादेश संसद्मा छलफलसहित पास हुने दाबी समेत थापाले गरे । 

प्रकाशित मिति: १५:०४ बजे, सोमबार, माघ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्