Kathmandu Press

ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति राष्ट्रपतिको चिन्ता

उनले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त चिन्ता व्यक्त गरेका हुन् । 
ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति राष्ट्रपतिको चिन्ता

काठमाडौं, माघ २८ : राष्ट्रपति रामचन्द्र पौडेलले ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गरेका छन् । 

उनले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त चिन्ता व्यक्त गरेका हुन् । 

Hardik ivf

पौडेलले ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्ने बताए ।  वार्षिकोत्सवका अवसरमा पौडेलले अख्तियारले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास पनि व्यक्त गर्दै स्वच्छ पारदर्शी समाज निर्माणमा योगदान हुने धारणा व्यक्त गरे । भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दा लामो समयदेखि किनारा नलागेको गुनासो आइरहेको भन्दै त्यसलाई छिटो टुंगोमा पु¥याउनुपर्ने भनाई उनको थियो । 

३४ औं वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलले उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमल कुमार खड्कालाई सम्मानित गरे । यसैगरी नापी अधिकृत रुबिना शाही उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मानित भइन् । कार्यक्रममा राष्ट्रपति पौडेलले विभिन्न पत्रकार एवं लेखकहरुलाई पनि कदरपत्रसहित सम्मान गरेका थिए ।
 
प्रकाशित मिति: १५:०२ बजे, सोमबार, माघ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्