Kathmandu Press

राष्ट्रिय सभाको बैठक बस्दै

दिँउसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, माघ २८ : संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। 

दिँउसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै मन्त्री गुरूङले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा पनि अध्यादेश कार्यसूचीमा राखिएको छैन। 

प्रकाशित मिति: ०८:३९ बजे, सोमबार, माघ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्