Kathmandu Press

सत्तासँग कुरा नमिल्दा अध्यक्ष पद नै गयोः रेशम चौधरी

सत्तासँग कुरा नमिल्दा अध्यक्ष पद नै गयोः रेशम चौधरी

काठमाडौं, माघ २७ः नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टीले भव्य रुपमा महाधिवेशन गरेपनि स्वीकृत नभएकोमा असन्तुष्टि जनाएका छन्।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको स्मरण गरे। नेसपाको महाधिवेशन पनि त्यस्तै हुनसक्ने उनले उनले बाबुराम भट्टराईलाई सचेत गराएका छन्।

उनले भने, ‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ। एक लाख ३९ हजार जनालाई भात खुवायौँ टीकापुरमा। नाउपाले भव्य महाधिवेशन ग¥यो। एक एक मिनेट गर्दा पनि रातिको १० बज्यो। पाँच–पाँच जना सांसद लिएर निर्वाचन आयोगमा अद्यावधिकका लागि पुग्यौं’, उनले भने, ‘आयोगका पदाधिकारीसँग कति समय लाग्छ भनेर सोध्यौँ। त्यहाँबाट पाँच महिना लाग्छ भन्नु भयो। सत्तासँग कुरा मिलेन। चिल गाडीबाट ओर्लिदा नओर्लिदै मेरो अध्यक्ष पद त गइ सकेछ।’

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, माघ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्