विराटनगरबाट आएका यात्रुलाई उतै फर्काउने निर्णय
काठमाडौं, वैशाख १५ : मोरङको विराटगरबाट सोमबार बिहान थानकोट आइपुगेका यात्रुलाई उतै फर्काइने भएको छ।
बिना समन्वय आ....

काठमाडौं, वैशाख १५ : मोरङको विराटगरबाट सोमबार बिहान थानकोट आइपुगेका यात्रुलाई उतै फर्काइने भएको छ।
बिना समन्वय आएकाले उनीहरुलाई विराटनगर नै फर्काउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
उनका अनुसार काठमाडौंमा बिरामीबाहेक अन्य मानिसलाई आउन दिइएको छैन।
विराटनगर महानगरपालिकाले लकडाउनका कारण रोकिएका नागरिकलाई आइतबार सात वटा बसमा काठमाडाैं पठाएको थियो। उक्त बसमा काठमाडौं आउन चाहेका एक सय ६० जना यात्रुलाई ल्याइएको थियो। तर, प्रहरीले यात्रुलाई थानकोटमै रोकेको छ।
प्रकाशित मिति: १६:१३ बजे, सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1792762148.jpeg)





-1792762148.jpeg)



