Kathmandu Press

‘मन्त्री र प्रधानमन्त्री बन्न राजनीतिमा आएको होइन’

‘मन्त्री र प्रधानमन्त्री बन्न राजनीतिमा आएको होइन’
Hardik ivf

काठमाडौं, माघ २७ः जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताए।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउँदै नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैर्यता राख्नुपर्ने जिकिर गरे।

उनले भने, ‘राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन। प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास चाहियो। काम नै गर्न सकेन भन्ने बुझाइ छ। खोई प्रधानमन्त्री बनाउन सकेको, खोई संसद्लाई नियन्त्रण गर्न सकेको, खोई कानुन बनाउन सकेको? भन्ने प्रश्नहरु आउने गर्छन्। यसका लागि धैर्यता राख्नु आवश्यक छ। जुनसुकै नयाँ पार्टीले धैर्यता राख्नुपर्छ, नेतृत्व वर्गमा पनि धैर्यता चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री, मन्त्री बन्नका लागि आएका होइनौं, हामी विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ। त्यसमा समय लाग्छ। त्यो यत्तिकै रातारात हुनेकुरा होइन।’

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, माघ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्