Kathmandu Press

मुलुकका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्नेछः डा.भट्टराई

मुलुकका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्नेछः डा.भट्टराई

काठमाडौं, माघ २७ः  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले नेपालमा रहेका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै उनले निरपेक्ष गरिबी, चापिय गरिबी, बेरोजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या भएको बताएका हुन्।

Hardik ivf

उनले भने, ‘नेपालमा रहेका हरेक समस्या ठिक ढंगले गर्नुपर्ने आवश्यक्ता छ। निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या हो । सबैको घरमा थाहा छ एक न एक जना विदेशिन वाध्य छन्। अब यसलाई कसरी समाधान गर्ने सोच्ने समय आएको छ।’

त्यस्तै उनले अहिले ‘तीनवटा टाउका’हरूले पालैपालो गरेर देशलाई खाइरहेको पनि आरोप लगाए।

प्रकाशित मिति: १८:०४ बजे, आइतबार, माघ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्