Kathmandu Press

सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस

विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए।
सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं, माघ २७ः राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धि विधेयक पेस भएको छ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस गरेका हुन्। विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ। नेपालमा सूचनाप्रविधि क्षेत्रमा भएको विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ। सामाजिक सञ्जालको प्लेटर्फम र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई मर्यादित बनाएर नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गर्दछु।’

प्रकाशित मिति: १७:२१ बजे, आइतबार, माघ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्