बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको महाधिवेशन शुरु, ठूला दलका नेतालाई छैन निम्तो

काठमाडौं, माघ २७ः डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू भएको छ।
पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले फूलमा पानी हालेर महाधिवेशनको उद्घाटन गरेका छन्। पहिलो महाधिवेशनको उद्घाटन सत्रमा नेसपाले सत्तापक्ष र अन्य ठूला दलका नेतालाई भने निम्तो दिएको छैन।
महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलका कुनै पनि नेताको उपस्थिति छैन। महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याललगायत भने उपस्थित रहेका छन्।
महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीसहितका नेताहरूलाई नबोलाइएको जनाइएको छ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

