साँझ ५ बजेका लागि बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं, माघ २७ः आइतबार साँझ उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बजे बालुवाटारमा बेलुका ५ बजे बैठक बस्ने तय भएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित बैठक राखिएको प्रधानमन्त्रीको सचवालयले जनाएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रले ७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस–एमाले गठबन्धनलाई सहजीकरण गर्दै आएको छ।
बैठकमा सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: १४:३० बजे, आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












