Kathmandu Press

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताए।
जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

काडमाडौं, माघ २७ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको सामना गर्न विकासोन्मुख देशहरुका लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताएका छन्।

आइतबार नेपालमा पुनरुत्थानशील बागवानी मूल्य श्रृंखला सम्बन्धि कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक रहेको बताए।

Hardik ivf

‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई सर्वविदिततै छ । यसका लागि विश्वले जलवायु परिवर्तनको मुख्य कारकको रुपमा रहेको कार्बन उत्र्सजनलाई घटाउनुको साथै हामी जस्ता विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक भएको छ,’ उनले भने।

मन्त्री ठकुरीले जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेको पनि बताए।

‘जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेका छौं। सरकार निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रदान्मक समाधानहरु अघि बढाउन सार्वजनिक नीजि पुँजी परिचालन गर्न अति आवश्यक छ,’ उनले भने।

मन्त्री शाहीले नेपाललाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउन प्रभावकारी उपायहरु मध्ये पुर्नउत्पादक बागवानी एक महत्वपुर्ण उपाय रहेको पनि बताए।

उनले अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुर्नउत्पादक कृषि अभ्यासहरुलाई अंगिकार गर्न अपरिहार्य रहेको कुरामा जोड दिए।

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, माघ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्