Kathmandu Press

जितपुर सिमराबाट बेपत्ता बालकको शव फेला

जितपुर सिमराबाट बेपत्ता बालकको शव फेला

रौतहट, माघ २६ः बाराको जितपुर सिमराबाट बेपत्ता भएका बालकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ।

रौतहटको दुर्गा भगवति गाउँपालिका–१ निवासी हन्श चौधरी नामक बालकको शव शनिवार दिउँसो भेटिएको हो। वीरगञ्ज महानगरपालिका–३२ र जितपुर सिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

Hardik ivf

गत माघ १७ गते जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित मामाघर आएका बालक खेल्ने क्रममा हराएका थिए।

बालकको खोजीमा प्रहरी र स्थानीयहरु सँगै तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो। इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभद्रा वाइबाले बालकको शव भेटिएको पुष्टि गरेकी छन्।

यस घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेकोे उनले जानकारी दिएकी छिन्। यस घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति: १९:०१ बजे, शनिबार, माघ २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्