Kathmandu Press

पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठामडौं, वैशाख १५ : पूर्वसचिव भीमप्रसाद उपाध्याय २५ हजार रूपैयाँ धरौटीमा रिहा भएका छन्। 

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायधीश ....

पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठामडौं, वैशाख १५ : पूर्वसचिव भीमप्रसाद उपाध्याय २५ हजार रूपैयाँ धरौटीमा रिहा भएका छन्। 

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायधीश भरतमणि खनालको एकल इजलाशले उपाध्यायलाई २५ हजार धरौटीमा रिह गर्न ओदश दिएको हो।

अदालतको आदेश लगत्तै उपाध्याय रिहा भएका छन्। ‘पच्चिस हजार धरौटीमा रिह गर्ने आदेश भएको छ,’ काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले काठमाडौं प्रेससँग भने।

यसअघि सरकारी वकिलको कार्यालयले आइतबार उपाध्यायलाई पाँच वर्षसम्म जेल सजायको माग गर्दै साइबर क्राइमको मुद्दा दर्ता गरेको थियो। 

प्रधानमन्त्रीलगायत अन्य संस्थाविरुद्ध सामाजिक सञ्जालमा गालीगलौच गरेको आरोपमा पूर्वसचिव उपाध्याय गत बुधबार ललितपुरस्थित निवासबाटै पक्राउ परेका थिए।

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, वैशाख १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्