Kathmandu Press

नयाँ शक्तिले माघ २७ देखि प्रथम राष्ट्रिय महाधिवेशन गर्ने

नयाँ शक्तिले माघ २७ देखि प्रथम राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौं, माघ २६ः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा गर्न लागेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन्।

Hardik ivf

यसको साथै, उनले नयाँ शक्ति पुरानो युगका मान्यता, दर्शन र सैद्धान्तिक आधारहरुलाई नयाँ युगको आवश्यकता अनुसार ढाल्ने लक्ष्यका साथ बनेको भन्दै महाधिवेशन नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धार भएको बताए।

उनले भने, ‘नयाँ शक्तिको प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछौं। पार्टीको आन्तरिक जीवनमा महत्वपूर्ण कार्यक्रम हो भने राष्ट्रको जीवनमा एउटा नयाँ परिघटना हो। हामीले नयाँ शक्तिको मात्रै महाधिवेशन गर्दै छैनौ नेपालको राजनीतिक प्रणालीलाई पुनसंरचना गर्ने, पुरानो युगका जति पनि मान्यता, दर्शन र सैद्धान्तिक आधारहरु थिए, तीनिहरुलाई पुनसंरचना गरेर नयाँ युगको आवश्यकता अनुसार दार्शनिक मान्यता, प्रणालीहरुको स्थापना गर्ने हाम्रो लक्ष्य हो। त्यसकारण नयाँ शक्तिको मात्र महाधिवेशन होइन्, नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धारको हो।’

महाधिवेशनका लागि एक हजार पाँचसय जना महाधिवेशन प्रतिनिधि छन्। यीमध्ये एक हजार तीन सय ५० जना चुनिएर आएका छन् भने बाँकी मनोनित हुनेछन्। १० प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ।

कात्तिकमा पोखरामा भएको विधान अधिवेशनले निर्णय गरे अनुसार केन्द्रीय समिति ९९ सदस्यीय छ। यीमध्ये ८९ जना महाधिवेशनबाट निर्वाचित भई आउनुपर्ने र १० जना मनोनीत रहने व्यवस्था छ।

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, माघ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्