Kathmandu Press

जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेण्डा तय

जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेण्डा तय

काठमाडौं, माघ २६ः जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठकका एजेण्डाहरु तय गरेको छ।

पार्टीको प्रचारप्रसार तथा प्रकाशन विभागका अनुसार आगामी फागुन १९, २० र २१ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको पार्टीको बैठकका एजेण्डा तय गरिएको हो।

प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुनेछ।

यस्तै, बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने  बस्नेतले जानकारी दिए।

यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक कार्ययोजना लगायतका एजेण्डामा  बैठक केन्द्रित हुने भएको छ।

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, माघ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्