Kathmandu Press

नेपालमा क्यान्सरको उपचार पद्धतीको अझै विकास भइसकेको छैन्: स्वास्थ्य मन्त्री पौडेल

नेपालमा क्यान्सरको उपचार पद्धतीको अझै विकास भइसकेको छैन्: स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं, माघ २६ः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले क्यान्सरको उपचारको लागि नेपालमा उपचारात्मक प्रणालीको विकास नभएको बताएका छन्।

शनिबार अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको क्यान्सरविरुद्धको कार्यक्रममा बोल्दै उनले क्यान्सरको उपचार पद्धति नेपालमा पूर्णरुपमा विकसित अझै नबनेको र त्यसमा धेरै काम गर्न बाँकी रहेको बताएका हुन्।

Hardik ivf

उनले भने, ‘नेपालमा धेरैले दुःख पाउने र धेरैको मृत्यु हुने कारण क्यान्सर पनि एक हो। यसको उपचार पद्धति नेपालमा पुर्णरुपमा विकसित भइनसकेको अवस्था छ। क्यान्सरको उपचारको लागि हामीले उपचारात्मक प्रणाली विकासका लागि अझै धेरै काम गर्न बाँकी छ तर जटिल बनिरहेको छ। गत वर्षको तथ्यांक अनुसार १४ हजार जनाको क्यान्सरका कारण मृत्यु भएको छ। त्यसकारण यसलाई गम्भीर लिनुपर्छ।’

मन्त्री पौडेलले क्यान्सर रोगलाई प्राथमिकतामा राखेर राज्यले प्रस्ट नीति र उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन राज्यको लगानी गर्नुपर्ने बताए। उनले पछिल्लो समय क्यान्सर मात्र नभई अन्य रोगको पनि बिरामी बढिरहेको बताए।

उनले भने, ‘यसलाई प्राथमिकतामा राखेर राज्यले प्रष्ट नीतिमा उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन राज्यको लगानी आवश्यक छ। क्यान्सर मात्र होइन अन्य रोगका पनि बिरामी बढिरहेको छन्। बिरामी बढिरहने उपचार पद्धति पनि पूर्ण नहुने अवस्थाले स्थिथि झन गम्भीर बनेर जान्छ।’

प्रकाशित मिति: १६:१६ बजे, शनिबार, माघ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्