Kathmandu Press

पाँच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

पाँच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

पोखरा, माघ २६ः बहुमुल्य टल्किने ढुंगा दिन्छु भन्दै मोटो रकम ठगि गरेको आरोपमा पोखराबाट तीनजना पक्राउ परेका छन्। पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भन्दै १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीनजना पक्राउ परेका हुन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त आरोपमा पर्वत फलेवास नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३१ वर्षकी ईन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजन विक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ की २७ वर्षकी जुनु भन्ने लक्ष्मी राईलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए।

Hardik ivf

प्रहरीले ईन्दिरा विक र राजन विकको कोठाबाट सेतो रंगको पारदर्शी ढुंगा ६ थान र रातो रङको ढुंगा १ थान बरामद गरेको छ भने विभिन्न बैंकका ३१ लाख बराबरका चार थान चेक र मोबाइल चार थान समेत बरामद गरेको छ।

प्रहरी निरिक्षक जिसीका अनुसार उनीहरुले आफुलाई पाँच करोड मूल्य पर्ने टल्किने ढुंगा दिने प्रलोभन दिएर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन्।

पक्राउ परेका तीनैजनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति: १५:५५ बजे, शनिबार, माघ २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्