Kathmandu Press

आगलागी भएको खानेपानी मन्त्रालयको मर्मतसम्भार कार्य सुरू

आगलागी भएको खानेपानी मन्त्रालयको मर्मतसम्भार कार्य सुरू

काठमाडौं, माघ २६ः आगलागी भएको खानेपानी मन्त्रालयको मर्मतसम्भार कार्य सुरू गरिएको छ। आजै उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवलोमन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालेको हो।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ।

Hardik ivf

खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामाग्री जलेका छन्।

आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ। खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ।

प्रकाशित मिति: १५:१५ बजे, शनिबार, माघ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्