पूर्वसचिव उपाध्यायलाई धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौ, वैशाख १५ : जिल्ला अदालत काठमाडौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ।
सोमबार न्यायाधीश भरतमणी खनाल....

काठमाडौ, वैशाख १५ : जिल्ला अदालत काठमाडौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ।
सोमबार न्यायाधीश भरतमणी खनालको इजलाशले पूर्वसचिव उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
साइबर क्राइमसम्बन्धी मुद्दामा थुनछेक बहसपछि न्यायाधीश खनालको इजलाशले यस्तो आदेश गरेको अदालतका श्रेस्तेदार आननद श्रेष्ठले जानकारीस् दिए।
यसअघि सरकारी वकिलको कार्यालयले आइतबार उपाध्यायलाई पाँच वर्षसम्म जेल सजायको माग गर्दै साइबर क्राइमको मुद्दा दर्ता गरेको थियो।
प्रधानमन्त्रीलगायत अन्य संस्थाविरुद्ध सामाजिक सञ्जालमा गालीगलौच गरेको आरोपमा पूर्वसचिव उपाध्याय गत बुधबार ललितपुरस्थित निवासबाटै पक्राउ परेका थिए।

-1792762148.jpeg)





-1792762148.jpeg)



