नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस
नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
काठमाडौँ, माघ २६ : नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिइन् ।
बढुवा सूचीको पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशीको नाम छ । त्यसैगरी दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह र त्यसपछि राजन रायमाझीको नाम समावेश छ ।
प्रकाशित मिति: १०:५८ बजे, शनिबार, माघ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












