Kathmandu Press

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी 

सिंहदरबार प्रहरीका अनुसार प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको छ । खानेपानी मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । 
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी 
Hardik ivf

काठमाडौं, माघ २६ : सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार आगलागी भएको छ । खानेपानी मन्त्रालयको तेस्रो तलामा आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । 

सिंहदरबार प्रहरीका अनुसार प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको छ । खानेपानी मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन । सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । 
 
प्रकाशित मिति: १०:२८ बजे, शनिबार, माघ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्